एक सातापछि शेयर बजारमा ४४ अकंकाे हरियाली
काठमाडाैं । लगातार घटेर प्यानिक बनेको शेयर बजारमा लगानीकर्ताले एक सातापछि बल्ल हरियाली देख्न पाएका छन् । साताको बुधबार नेप्से परिसूचक ४४.५९ अंकले बढेर दुई हजार ६५२.९३ विन्दुमा आइपुगेको छ । लगातार एक सातादेखि बजार निरन्तर घटिरहेको थियो। नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ ।
