इन्धनको मूल्य घटेपछि काठमाडौंका अधिकांश निजी पेट्रोल पम्प बन्द
काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाएपछि काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पले बुधबार इन्धन बिक्री बन्द गरेका छन्। मूल्य घटेसँगै पुरानो मौज्दातको इन्धन बिक्री गर्दा ठूलो घाटा व्यहोर्नुपर्ने भन्दै अधिकांश निजी पम्प सञ्चालकले बिक्री स्थगित गरेका हुन्।
