SHARE
कर्पोरेट समाचार · बुधबार १७ असार २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

असार २३ देखि मार्कीचोक–भरतपुर प्रसारण लाइनमा विद्युत् प्रवाह परीक्षण हुँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी करिडोरअन्तर्गत मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनमा आगामी असार २३ गतेदेखि विद्युत् परीक्षण सेवा सुरु गर्ने भएको छ। प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै तनहुँको मार्कीचोकस्थित न्यू मस्र्याङ्दी सबस्टेसनदेखि चितवनको आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्म २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत विद्युत् प्रवाह गरी परीक्षण गरिने जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार