समयमै बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण, सबैभन्दा धेरै मधेशका १० पालिका बजेट ल्याउन असफल
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट कानुनी समयसीमाभित्र पेश नगरेका २३ वटा स्थानीय तहसँग स्पष्टीकरण माग गरेको छ।
