SHARE
Samata Press · बुधबार १७ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति

बिर्तामोड । मेचीनगर नगरपालिका–३ भावना चोकमा गएराति भएको आगलागीमा रु १६ लाख बराबरको  क्षति भएको छ । आगलागीबाट घरका भाँडावर्तन, लत्ताकपडा, अन्न, आधा तोला सुनसहित रु ५० हजार नगद  जलेको छ ।  पूर्णचन्द्र रिजालको इँटा, काठ र टिनको छानो भएको दुई कोठे कच्ची घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोले घरसँगै जोडिएको गोठ पनि नष्ट भएको छ ।  मेचीनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो । आगालागीको कारण खुलेको छैन ।