आईएमई लाइफ इन्स्योरेन्सलाई राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन मूल्यांकनमा ‘ब्रोन्ज’ अवार्ड
काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ अन्तर्गत ब्रोन्ज अवार्ड प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा प्रदान गरिएको उक्त पुरस्कार कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का र प्रमुख वित्तीय अधिकृत जगत बोहराले हालै विशेष समारोहबीच संयुक्त रूपमा ग्रहण गरेका हुन्।
