डोटी र सिन्धुपाल्चोकका दुई विद्यालयलाई एन आई सी एशिया बैंकको शैक्षिक सामग्री सहयोग
काठमाडौं । एन आई सी एशिया बैंकले डोटी र सिन्धुपाल्चोकका दुई सामुदायिक विद्यालयलाई शैक्षिक तथा आवश्यक सामग्री सहयोग गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत बैंकले के.आई. सिंह गाउँपालिका–४, बगर वायल, डोटीस्थित श्री सरस्वती आधारभूत विद्यालयलाई एक थान वाटर डिस्पेन्सर उपलब्ध गराएको हो।
