SHARE
कर्पोरेट समाचार · बुधबार १७ असार २०८३ ०६:३६ AM · 1 मिनेट पढाइ

राहदानी खरिद विवाद: जर्मनी दूतावासले भन्यो– विरोधपत्र हस्तान्तरण गरिएको छैन

काठमाडौं । नेपालस्थित जर्मनी दूतावासले राहदानी खरिदसम्बन्धी विषयमा सार्वजनिक भएका समाचारप्रति स्पष्टोक्ति दिँदै जर्मनीस्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मन सङ्घीय विदेश मन्त्रालयमा भएको बैठकमा बोलावट नभई निमन्त्रणा गरिएको जनाएको छ। दूतावासले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा उक्त बैठकका क्रममा कुनै विरोधपत्र वा अन्य कुनै दस्तावेज हस्तान्तरण नगरिएको स्पष्ट पारेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार