SHARE
मकालु खबर · मङगलबार ३ भौ २०८२ ०२:०२ PM · 1 मिनेट पढाइ

एन्फा महिला लिग छनोट: संकटा र छहारीको दोस्रो जित

काठमाडौं । संकटा क्लव र छहारी युवा क्लवले जारी एन्फा महिला लिग छनोटमा लगातार दोस्रो जित निकाल्दै समूहमा आफ्नो दाबेदारी दिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेम्स मैदान मंगलवार भएको दोस्रो खेलमा संकटाले झापा एफसीमाथि ४–० र पहिलो खेलमा छहारीले स्टुडेन्ट एफसीविरुद्ध ६–१ को सानदार जित निकालेका हुन् ।