राउन्ड १६ मा पुग्यो पारग्वे, नकआउट चरणबाटै बाहिरियो जर्मनी
काठमाडौं। फिफा विश्वकप २०२६ मा चार पटकको विश्व विजेता जर्मनी नकआउट चरणबाटै बाहिरिएको छ । अन्तिम ३२ को चरणमा पाराग्वेसँग पराजित हुँदै जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो। भर्खरै सम्पन्न खेलमा जर्मनी पहिलो हाफमै १–० ले पछि परेको थियो । पाराग्वेका जुलियो एन्सिसोले ४२औँ मिनेटमा हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
