SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ ०१:५९ AM · 1 मिनेट पढाइ

खडेरीले रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत

ढोरपाटन । मध्य असारसम्म पनि पर्याप्त वर्षा नहुँदा बागलुङमा धान रोपाइँ प्रभावित भएको छ । अघिल्लो वर्ष यतिबेला ६० प्रतिशत रोपाइँ सकिएको थियो भने यस वर्ष मध्य असारसम्म ३८ प्रतिशत मात्रै रोपाइँ भएको छ । पश्चिम बागलुङका केही क्षेत्रमा रोपाइँ भए पनि जिल्ला सदरमुकाम आसपासका अधिकांश खेत अझै सुक्खा छन् ।