भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर
काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार भएको अभियोगमा बझाङको दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायत ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यक्रमका लागि आर्थिक वर्ष २०७५/७६ को स्वीकृत कार्यक्रमअन्तर्गत मन्दिर निर्माणका लागि निकासा भएको रकम हिनामिना गरेको पाइएको छ ।
