एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप ३ दिन थुनामा राख्न अदालतको अनुमति
काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ३ थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार थप ३ दिन थुनामा राख्न अनुमति दिएको हो ।
