मन्दिर निर्माणमा २२ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा दायर
काठमाण्डु- मन्दिर निर्माणमा भ्रष्टाचार गरेको आरोपमा बझाङको दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रताला, लेखापाल प्रेमप्रसाद पौडेल, इन्जिनियर हिक्मत राव र सबइन्जिनियर बमबहादुर रावलविरुद्ध मुद्दा दर्ता गरेको हो ।
