SHARE
Samata Press · सोमबार १५ असार २०८३ ०२:३० PM · 1 मिनेट पढाइ

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका–७ मंगलाघाटमा बस्ति संरक्षण योजना कार्यान्वयनमा आएको छ ।  जलस्रोत तथा सिचाई ब्यवस्थापन आयोजना कास्कीले मंगलाघाट स्थित म्याग्दी नदीको किनारमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण गरेको हो । मङ्गलाघाट स्थित म्याग्दी नदीको किनारमा ५५ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल निर्माण भएको आयोजनाका ईञ्जिनियर नरजङ गुरुङले बताए ।  उनका अनुसार नदी किनारको तल्लो भागमा चार मिटर अग्लो आरसिसी र माथिल्लो भागमा तीन मिटर अग्लो ग्यावीयन पर्खाल निर्माण भएको छ ।