वैज्ञानिक समाजवादको नयाँ कार्यक्रम आवश्यक छ : झलनाथ खनाल
काठमाडौँ । नेपाली कम्युनिष्ट आन्दोलनलाई समाजवादी क्रान्तिको नयाँ चरणअनुसार अघि बढाउन अब ‘नेपाली विशेषताको वैज्ञानिक समाजवादी कार्यक्रम’ आवश्यक रहेको नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले बताएका छन् । सोमबार कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले अहिले पनि नयाँ जनवादी क्रान्तिकै कार्यक्रम बोकेर समाजवादी क्रान्ति सम्पन्न गर्न नसकिने बताए । खनालले समय, समाजको प्रधान अन्तर्विरोध, क्रान्तिका मित्र–शत्रु तथा अन्तर्राष्ट्रिय परिस्थिति सबै परिवर्तन भइसकेकाले कम्युनिष्ट आन्दोलनले पनि नयाँ कार्यदिशा तय गर्नुपर्ने आवश्यकता औँल्याए । ‘एउटा पार्टीको रूपमा यो पार्टीलाई विकसित नगरिकन हामीले समाजवादी क्रान्तिलाई पूरा गर्न कठिन छ। अबको अवस्थामा समाजवादी क्रान्तिको युग सुरु भएको छ। त्यसैले अबको क्रान्तिको कार्यक्रम के हो भन्ने बहस अगाडि सार्न अत्यावश्यक छ। त्यो बहस भनेको अबको क्रान्तिको कार्यक्रम के हो ।
