SHARE
मकालु खबर · सोमबार १५ असार २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन्: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका बिरुवासँग किसानका सपना, परिवारको भान्सा एवं भविष्य र राष्ट्रको समुन्नति जोडिएको उल्लेख गरेका छन् । राष्ट्रिय धान दिवसका अवसरमा थापाले शुभकामना सन्देश जारी गर्दै उनले खेतमा पसिना बगाएर राष्ट्रको खाद्य सुरक्षा सुनिश्चित गर्ने अन्नदाता किसानप्रति धन्यवाद दिन चाहन्छु भनेका छन् ।