स्वास्थ्य मन्त्रालयद्वारा उपकुलपति नियुक्तिका लागि अन्तर्वार्ता तालिका सार्वजनिक
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति पदमा नियुक्तिका लागि छनोट भएका उम्मेदवारहरूको अन्तर्वार्ता तथा प्रस्तुतिकरणको तालिका सार्वजनिक गरेको छ । आइतबार मन्त्रालयले सूचना जारी गर्दै छनोट भएका उम्मेदवारहरूले तोकिएको कागजातहरूको सक्कल प्रति साथमा लिई असार १६ र १७ गते हुने अन्तर्वार्तामा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेको हो ।
