लुम्बिनीमा धान रोपाइँ २०.८ प्रतिशत, पाल्पामा सबैभन्दा बढी र बाँकेमा सबैभन्दा कम
लुम्बिनी। लुम्बिनी प्रदेशमा यस वर्ष असार १५ गतेसम्म कुल धान खेतीयोग्य क्षेत्रफलको २०.८ प्रतिशतमा मात्र रोपाइँ सम्पन्न भएको छ। गत वर्षको सोही अवधिको तुलनामा यो करिब चार प्रतिशतले कम हो। लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशका १२ जिल्लामा धान रोपाइँ हुने तीन लाख एक हजार ३७२ हेक्टर क्षेत्रफल छ ।
