सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घट्यो, तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ घटेको छ। आइतबार तोलामा ४७ सय रूपैयाँ बढेको सुनको मूल्य सोमबार प्रतितोला १४ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार चार सय रूपैयाँ निर्धारण गरिएको छ ।
