ग्रेस फर्मास्युटिकल्सको लिनारेस एम ८५० ट्याब्लेट गुणस्तरहीन
सिद्धार्थनगर (भैरहवा) । औषधि व्यवस्था विभागले रुपन्देहीस्थित ग्रेस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित लिनारेस एम ८५० ट्याब्लेट गुणस्तरहीन रहेको पुष्टि गरेको छ । विभागले औषधिको बिक्री–वितरण रोक्न तथा बजारबाट सो औषधि फिर्ता गर्न सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ ।
