केपी ओलीसँग प्रचण्डको प्रस्तावः पार्टी एकता गर्ने हो, सहकार्य भने आजैबाट थालौं
काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुकका अगाडि आइपरेको संकट समाधानका लागि वामपन्थी एकताको विकल्प नरहेको बताएका छन् । मदन भण्डारीको ७५औं जन्मजयन्तीका अवसरमा आइतबार राजधानीमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन र मदन भण्डारी’ विषयक अन्तरक्रियामा प्रचण्डले देश बचाउन वामपन्थी शक्ति मिल्नैपर्ने बिन्दुमा आफूहरु पुगेको बताए ।
