SHARE
मेट्रो न्युज काठमाडौं · बुधबार ४ भौ २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

महानगरले दया र मायाको आधारमा होइन, अपाङ्गता भएका व्यक्तिको अधिकारका आधारमा सेवा प्रदान गरेको छ – विभागीय प्रमुख निरौला

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई दया र मायाको आधारमा नभई उनीहरूको अधिकारलाई केन्द्रमा राखेर सेवा प्रदान गरिरहेको काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले बताउनुभएको छ। नेपाल अपाङ्ग महिला सङ्घद्वारा आयोजित “अपाङ्गता भएका महिला तथा बालिकामाथिको हिंसाविरुद्धको सवाल” विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो कुरा व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल अपाङ्ग महिला सङ्घकी अध्यक्ष मीना पौडेलले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै अपाङ्गता भएका महिला तथा बालिकाहरूको न्यायमा पहुँच सुनिश्चित गर्न राज्यका सबै निकायहरूबीच समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले पालिकास्तरमा सहायता कक्षको स्थापना, नेपाल प्रहरीलगायत सरकारी कार्यालयहरूमा साङ्केतिक भाषा (दोभाषे) को व्यवस्था, र पूर्ण अपाङ्गमैत्री भौतिक संरचनाको विकासमा ध्यान दिनुपर्ने बताउनुभयो। यस्ता प्रयासले मात्र अपाङ्गता भएका महिला तथा बालिकाहरूले सम्मानजनक जीवनयापन गर्न सक्ने वातावरण बन्ने उहाँको भनाइ थियो। पौडेलले काठमाडौँ महानगरपालिकाले अपाङ्गमैत्री वातावरण निर्माणमा गरेको प्रयासको प्रशंसा गर्नुभयो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं