प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’बहुमतले पारित
काठमाडौं । प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’ बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकबाट बजेट आश्रित विधेयक ‘आर्थिक विधेयक, २०८३’ पारित भएको हो । अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा छलफलपछि उक्त विधेयक पारित गर्नका लागि प्रस्ताव गरेका थिए ।
