एनआईसी एशिया बैंकद्वारा जननेत्र माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग
काठमाडौं । एनआईसी एशिया बैंकले पर्वत जिल्लाको मोदी गाउँपालिका–देउपुरस्थित श्री जननेत्र माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत १९१ भन्दा बढी विद्यार्थीहरूको पठनपाठन र खेलकुद गतिविधिलाई थप सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त सामग्री हस्तान्तरण गरेको जनाएको छ।
