शुभ इन्टरनेशनल हस्पिटालिटीको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
काठमाडौं । शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आफ्नो जारी पुँजीको २० प्रतिशत साधारण शेयर (आईपीओ) सर्वसाधारणमा निष्काशन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा हालै शुभ इन्टरनेशनल हस्पिटालिटीका अध्यक्ष कविन श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन्।
