भेनेजुएला भूकम्प: उद्धार जारी, मृतक १४ सय नाघे, घाइते ३२ सय बढी
एजेन्सी । भेनेजुएलामा बुधबार आएका दुई शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या १,४३० पुगेको छ। भूकम्पमा ३,२३८ जना घाइते भएका छन् भने ३,१४२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजका अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प केही सेकेन्डको अन्तरमा आएपछि हालसम्म देशभर ४३० वटा हल्कादेखि मध्यम स्तरका पराकम्प रेकर्ड भएका छन्।
