SHARE
अर्थ संवाद · बुधबार ४ भौ २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

दोलखा समाज जापानले हरितालिका तिजको दर कार्यक्रम आयोजना गर्दैं

ओसाका, जापान । दोलखा समाज जापानले प्रत्यक बर्ष आयोजना गर्दै आएको तिजको दर विषेश कार्यक्रम यस बर्ष पनि आयोजना गर्ने भएको छ । विदेशी भुमीमा रहेर पनि आफ्नो देशको चाडपर्व मनाएर घर परिवारको जस्तै खुसी साटासाट गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष संजिव पोखरेलले बताउनु भयो । कार्यक्रम २०२५ अगस्ट २४ तरिक आईतबार टोकीयोको रोयल गार्डेन लाउन्ज एन्ड बार सिनओकुबो, टोकियोमा आयोजना गरिएको समाजका महासचिव अनुप खड्काले जानकारी दिनु भयो । विभन्नि पेशा तथा व्यवसाय एवं अध्ययनका लागि जापान आएका दोलखालीहरु भेला भएर दर खाने कार्यक्रम रहेको बताइएको छ ।