SHARE
मकालु खबर · शनिबार ३१ साउन २०८२ १०:०० AM · 1 मिनेट पढाइ

पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने सडक अबरुद्ध

काठमाडौँ । सुक्खा पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने सडक अबरुद्ध भएको छ । हेटौंडा–फाखेल–दक्षिणकाली काठमाडौं सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा आज विहान ९ः३० बजेतिर सुक्खा पहिरो खस्दा यस क्षेत्रमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।