याङ्गो प्रो द्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा सेवा विस्तार
हेटौँडा । राइड शेयरिङ प्लेटफर्म याङ्गो प्रोले बागमती प्रदेशको राजधानी हेटौँडामा आफ्नो सेवा विस्तार गरेको छ । सेवा विस्तारसँगै हेटौँडा क्षेत्रमा यात्रुहरूले मोबाइल एपमार्फत सहज रूपमा सवारी बुक गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेवा सञ्चालनसँगै सुरक्षित, भरपर्दो तथा सहज यात्रालाई प्राथमिकता दिइनेछ ।
