एसियन पावरलिफ्टिङमा सविता र अल्बिनालाई स्वर्ण
काठमाडौँ । नेपालकी सविता ह्यान्जु र अल्बिना राजथलाले एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको ओपन पावरलिफ्टिङमा स्वर्ण जितेका छन् । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शनिवार भएको च्याम्पियनसिपको ओपनतर्फ सविताले ६४ केजी तौल समूह र अल्बिनाले ७२ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । सविताले नेपालकै पुनम बोमजन र प्रेमिका बिस्टलाई पछि पारिन् ।
