SHARE
मकालु खबर · शनिबार ३१ साउन २०८२ १२:२४ PM · 1 मिनेट पढाइ

नेपालको समृद्धिको दिगो आधार पर्यटन हो : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमाले महासचिव शंकर पोखरेलले नेपालको समृद्धिको दिगो आधार पर्यटन क्षेत्र रहेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको समृद्धिको आधार पर्यटन रहेको बुझेर संस्कृतिलाई पर्यटनसँग जोड्न जरुरी रहेको बताए । उनले कुनैपनि मुलुकको विकासका लागि जनताको जीवनस्तर माथि उठाउनुपर्ने बताए ।