SHARE
मकालु खबर · शनिबार ३१ साउन २०८२ १२:३२ PM · 1 मिनेट पढाइ

पार्टी महाधिवेदनका लागि सबैले दबाब दिनुपर्ने आवश्यकता छ : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशनका लागि पार्टी नेता तथा कार्यकर्ताले दबाब दिनुपर्ने अवस्था आएको बताएका छन् । उनले महाधिवेशनका लागि दैनिक सामाजिक सञ्जालमार्फत सभापति शेरबहादुर देउवालाई दबाब दिन र आवाज उठाउन आग्रह गरेका हुन् ।