SHARE
मकालु खबर · शनिबार ३१ साउन २०८२ १२:५४ PM · 1 मिनेट पढाइ

युक्रेनमा तत्काल युद्धविरामको सम्भावना कम, शान्ति सम्झौताका लागि दबाब निरन्तर दिइने : ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको वार्ता निष्कर्षविहीन भएपछि शनिबार रुस र युक्रेनबीच तत्काल युद्धविराम हुने सम्भावनालाई अस्वीकार गरेका छन् । ह्वाइट हाउस र क्रेमलिनका नेताहरूले अलास्कामा तीन घण्टा लामो वार्तामा सहमतिका क्षेत्रहरू औँल्याएका थिए तर द्वन्द्व अन्त्यका लागि तत्काल युद्धविरामको घोषणा गर्ने प्रयासमा कुनै प्रगति हुन सकेन ।