SHARE
मकालु खबर · शनिबार ३१ साउन २०८२ ०२:०७ PM · 1 मिनेट पढाइ

सिन्धुलीको गिचिहानी बस्तीमा बाढी पस्दा १० घर डुबानमा

काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका– १ गिचिहानीको बस्तीमा बाढी पसेपछि १० घर डुबानमा परेका छन् । त्यसक्रममा ५९ वर्षीया भन्द्राकुमारी दनुवार घाइते भएकी छन् । आज दिउँसो अविरल वर्षापछि विचित्रा खोलामा आएको बाढी बस्तीमा पसेको थियो ।