राजमार्ग अतिक्रमण हटाउन सडक डिभिजन सुर्खेतको १५ दिने अल्टिमेटम
सुर्खेत । सडक डिभिजन कार्यालय सुर्खेतले आफ्नो कार्यक्षेत्रभित्र पर्ने विभिन्न राष्ट्रिय राजमार्गको सडक सीमाभित्र निर्माण गरिएका घर, टहरा, पर्खाललगायतका अतिक्रमित संरचना १५ दिनभित्र हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको छ।
