फिफा विश्वकप: अमेरिका–इरान तनावको असर फुटबलमा पनि
एजेन्सी । इरानले सन् २०२६ फिफा विश्वकपका क्रममा अमेरिकाले लागू गरेको यात्रा व्यवस्थाले आफ्नो राष्ट्रिय फुटबल टोलीको तयारी र प्रदर्शनमा प्रतिकूल असर परेको आरोप लगाएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी नियमअनुसार इरानी टोली खेल सुरु हुनुभन्दा २४ घण्टाअघि मात्रै अमेरिका प्रवेश गर्न पाउने र खेल सकिएलगत्तै देश छोड्नुपर्ने व्यवस्था गरिएको इरानी अधिकारीहरूको दाबी छ।
