लिफ्ट प्रणालीमार्फत रसुवामा पुनः विस्तार भयो सिँचाइ सुविधा
रसुवा । गत वर्ष ल्हेन्दे खोलाको बाढीले क्षति पुर्याएर अवरुद्ध बनेको बेतेगौँडा सिँचाइ आयोजना लिफ्ट प्रणाली मार्फत पुनः सञ्चालनमा आएको छ। आयोजना पुनः सञ्चालन भएपछि उत्तरगया गाउँपालिकाका किसानले फेरि सिँचाइ सुविधा पाएका छन्। उत्तरगया गाउँपालिका–५ स्थित त्रिशूली नदीबाट सञ्चालित उक्त सिँचाइ आयोजना बाढीले तीन सय मिटरभन्दा बढी संरचना बगाएपछि बन्द भएको थियो।
