३ विधाको व्याडमिन्टन प्रतिस्पर्धामा २४ वटा वडाका ४२ जना खेलाडी सहभागी
काठमाडौँ । डल्लु आवास क्षेत्रमा रहेको भूकम्प स्मृति कभर्ड हलमा आजदेखि काठमाडौं महानगर कप, वडा स्तरीय ब्याडिमन्टन प्रतियोगिता सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको आयोजना र नेपाल व्याडमिन्टन संघको प्राविधिक सहयोगमा सुरु भएको प्रतियोगितामा महानगरपालिकाका २४ वटा वडाबाट ४२ जना खेलाडीले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
