वैशाख १८ गतेदेखि बन्द तातोपानी नाका बल्ल खुल्यो
सिन्धुपाल्चोक । उत्तरी नाका तातोपानीको कोप्लङमा सडक भासिँदा दुई सातादेखि ठप्प भएको ततोपानी नाका बिहीबार खुलेको छ । सडक अवरुद्ध हुँदा आयात ठप्प भएको थियो । गत बैशाख १८ गते सडक भासिएपछि नाकाबाट आयात ठप्प बनेको थियो। आयात ठप्प भएसँगै व्यापारीहरुले ठूलो घाटा व्यहोर्नुपरेको थियो भने राजस्व असुलीमा समेत असर परेको थियो ।
