युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्न ललितपुरमा सीप–रोजगार मेला
काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप विकास, रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले शुक्रबार सीप तथा रोजगार मेला आयोजना गरेको छ। रोजगार सेवा केन्द्र, ललितपुर महानगरपालिकाको आयोजनामा तथा जीविको इजिसिएटिभ्सको प्राविधिक सहकार्यमा आयोजित मेलाको नारा ‘ललितपुर समृद्धि र सुशासनको आधार, सम्पदा–संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ रहेको छ।
