SHARE
बासुरी खबर · शुक्रबार​ २ जेठ २०८२ ०१:५३ AM · 1 मिनेट पढाइ

अध्यक्ष भण्डारीले बालबालिकासँग मनाए जन्मदिन

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका ३ का वडाध्यक्ष एवं सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व जीवन भण्डारीले आफ्नो जन्मदिन बालबालिकासँग मनाएका छन् । जन्मदिनको अवसरमा बिहीबार काठमाडौंको बालगृहमा पुगेर उनले आफ्नो जन्मदिन मनाएका हुन् । आफ्नो जन्मदिनको अवसरमा अध्यक्ष भण्डारीले सीमा नेपाल बालगृहमा बस्दै आएका बालबालिकामाझ केक काटेर मनोरञ्जन गरेका छन् ।