खर्च अभावले रास्वपा महाधिवेशन प्रभावित, प्रतिनिधिलाई बिहानको चिया मात्रै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई शुक्रबार बिहानको नास्तामा चिया मात्रै खुवाइएको छ। महाधिवेशन व्यवस्थापन पक्षले खर्च अभावका कारण आज प्रतिनिधिहरूका लागि भोजनको व्यवस्था गर्न नसकिएको जनाएको छ। तीन दिनका लागि तय गरिएको महाधिवेशन आन्तरिक विवाद, निर्वाचन प्रक्रिया लम्बिनु तथा व्यवस्थापनमा देखिएका चुनौतीका कारण छैटौँ दिनसम्म पुगेको छ।
