रास्वपाको ६ पदाधिकारीका लागि आज निर्वाचन, महिला उपसभापतिमा सोविता–तोसिमाबीच प्रतिस्पर्धा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत छ पदाधिकारीका लागि शुक्रबार निर्वाचन हुँदैछ। पार्टी निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार महिला उपसभापति, महामन्त्री, सहमहामन्त्री (खुला) र सहमहामन्त्री (महिला) पदमा प्रतिस्पर्धा हुनेछ। महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्की बीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ।
