बिमा कम्पनीलाई निमित्त नेतृत्व नियुक्त गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बिमा प्राधिकरणले विभिन्न बिमा कम्पनीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक नियुक्त गर्न निर्देशन दिएको छ। प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ, हिमालयन लाइफ, क्रेष्ट माइक्रो, प्रोटेक्टिभ माइक्रो र लिबर्टी माइक्रो इन्स्योरेन्सलाई तत्काल निमित्त नेतृत्व तोक्न पत्राचार गरेको जनाएको छ।
