रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिम, सोविता र शिशिरले पाए धेरै मत, कसको कति ?
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। रास्वपा निर्वाचन आयोगका अनुसार खुलातर्फ ३२ जना तथा समावेशी समूहबाट ६७ जना गरी कुल ९९ जना केन्द्रीय सदस्य चयन भएका हुन्। निर्वाचन परिणामअनुसार खुलातर्फ स्वर्णिम वाग्ले सर्वाधिक दुई हजार ६५६ मतसहित निर्वाचित भएका छन्।
