SHARE
बासुरी खबर · शनिबार ३ जेठ २०८२ ०३:३२ PM · 1 मिनेट पढाइ

जनप्रतिनिधिद्वारा निर्वाचन क्षेत्रको योजना तर्जुमाबारे छलफल

सिन्धुपाल्चोक । काङ्ग्रेस नेता एवम् प्रदेश सांसद कृष्णकुमार तामाङले आफ्नो निर्वाचन क्षेत्रको योजना तर्जुमाबारे पार्टी तथा जनप्रतिनिधिसँग छलफल गरेका छन् । शनिबार काठमाडौंमा सासद तामाङले आफूले निर्वाचन ताका बोलेको विकास निर्माणको कामलाई गति दिन काङ्ग्रेस नेताकार्यकर्ता तथा काङ्ग्रेसबाट निर्वाचित मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसँग शनिबार योजना तर्जुमाबारे छलफलको आयोजना गरेका हुन् ।