SHARE
मेट्रो न्युज काठमाडौं · बिहीबार ११ असार २०८३ ०९:१४ PM · 1 मिनेट पढाइ

काठमाडौँ र पोखरा महानगरपालिका पीएल सिंह मेमोरियल टी२० कपको फाइनलमा

काठमाडौँ । काठमाडौँमा चलिरहेको पीएल सिंह मेमोरियल टी २० कपमा काठमाडौँ र पोखरा महानगरपालिकाले आआफ्ना खेलमा सानदार जित दर्ता गर्दै फाइनलमास्थान सुरक्षित गरेका छन् । असार ५ गतेदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा चलिरहेको खेलमा आज १२औँ र १३ औँ म्याच सकिएका छन् ।  प्रतियोगिताको १२औँ खेलमा काठमाडौँ महानगरपालिकाले विराटनगर महानगरपालिकालाई ३ विकेटले पराजित ग¥यो । उक्त खेलमा काठमाडौँले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४२ रन बनायो । जसमा सुजन थपलियाले ३९ र दीपक पासवानले अविजित २९ रन जोड्नुभएको थियो । बलिङतर्फ काठमाडौँका कृष कार्कीले २ विकेट तथा बिशाल फुयाँल र सन्दिप पराजुलीले पनि समान २–२ विकेट लिनुभयो । जवाफी ब्याटिङमा उत्रिएको काठमाडौँले १८ ओभरमा ७ विकेट गुमाउँदै १४३ रनको लक्ष्य पुरा ग¥यो । काठमाडौँको जितमा ३५ बलमा ५५ रनको अर्धशतकीय पारी खेल्नुभएका शिवम् तिवारी खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित हुनुभयो । खेलमा ऋत गौतमले २५ रनको योगदान दिनुभयो । विराटनगरका कृष शर्मा, प्रतिक पोखरेल र दिपेश कँडेलले २–२ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सक्नुभएन ।  त्यस्तै, प्रतियोगिताको १३औँ खेलमा पोखरा महानगरपालिकाले ललितपुर महानगरपालिकामाथि ७ विकेटको सहज जित निकाल्यो । खेलमा ललितपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै २० ओभरमा ५ विकेट गुमाएर १६६ रनको बलियो योगफल खडा गरेको थियो । ललितपुरका लागि आदिल खानले ४८ बलमा ८३ रनको विस्फोटक खेल्नुभएको थियो । रोशन विकले अविजित ३२ रन बनाउनुभयो । पोखराका अपराजित पौडेलले २ विकेट लिनुुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं