SHARE
मकालु खबर · शुक्रबार​ ३० साउन २०८२ ०२:२७ PM · 1 मिनेट पढाइ

ट्रम्प–पुटिन वार्तामा युद्धविरोधी विचार राखेकाहरूको रिहाइ सुनिश्चित गर्न अनुरोध

एजेन्सी । निर्वासित रुसी विपक्षी नेतृ युलिया नवलनायाले आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अनुरोध गर्दै युद्धविरोधी अभिव्यक्तिका कारण थुनामा रहेका रुसी तथा युक्रेनी नागरिकहरूको रिहाइका लागि पहल गर्न आग्रह गरेका छन् ।