SHARE
मकालु खबर · शुक्रबार​ ३० साउन २०८२ ०२:४१ PM · 1 मिनेट पढाइ

देउवाले स्वागत गरेको भोलिपल्टै देवेन्द्र यादव कांग्रेसबाट निष्कासित

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार पार्टीमा भित्र्याएका देवेन्द्र यादवलाई पार्टीले भोलिपल्टै निष्कासन गरेको छ । महोत्तरीका देवेन्द्र यादवलाई सानेपास्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा देउवाले आफैँ स्वागत गरेका थिए । तर, यादवविरुद्ध फौजदारी कानुनी कारबाही प्रक्रिया चलिरहेको खुलेपछि शुक्रवार नेपाली काँग्रेसले उनको पार्टी सदस्यता खारेज गरेको हो ।